newskoseli.Com

शिक्षामन्त्रीको घोषणा : चैत मसान्तभित्र स्ववियु निर्वाचन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नु पर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ प्युठान जिल्ला शाखाले मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागेकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्षलाई सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने उनले बताए ।

ऐन, नीति, नियम निर्माणका साथै समाजवादउन्मूख शिक्षा प्रणाली बनाइने समेत उनले बताए । केही नीति पारित भएको र केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको मन्त्री पोखरेलले बताए ।

उच्चस्तरीय आयोग बन्ने, परीक्षा स्थानीय तह, प्रदेश र संघले लिने

नेपालमा २०४६–४७ को जनआन्दोलनपछि शिक्षा प्रणालीमा व्यापारीकरण भएको भन्दै सुधारका लागि सरकार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठनको तयारीमा रहेको शिक्षामन्त्री पोखरेलले बताए । शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्न सरकार समाजवादउन्मूख शिक्षा नीति निर्माणमा लागेको उनले बताए ।

८ कक्षासम्मको परीक्षा स्थानीय तहले, एसर्इई प्रदेशले र १२ कक्षाको परीक्षा सङ्घीय सरकारले लिने गरी व्यवस्था गर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर