newskoseli.Com

मङ्गलबारदेखि अमेरिका–चीन व्यापार वार्ता : ह्वाइट हाउस

संयुक्त राज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्ने गरी वासिङ्टनमा मङ्गलबारदेखि व्यापार वार्ता सुरु हुने घोषणा ह्वाइट हाउसले गरेको छ ।

बेइजिङमा यसअघि भएको वार्ता विनासहमति टुङ्गिएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता ‘अत्यन्त सकारात्मक’ रुपमा अघि बढेको बताउँदै आफू आगामी मार्च १ तारिखको समयसीमा बढाउन तयार रहेको जानकारी गराएका थिए । मङ्गलबारदेखि हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले गरेका छन् भने वार्तामा अर्थमन्त्री स्टिफेन मचिन, वाणिज्यमन्त्री विल्बर रोस, आर्थिक नीति सल्लाहकार ल्यारी कड्लो तथा व्यापार सल्लाहकार पिटर नाभारो सहभागी हुँदैछन् ।

चिनिया पक्षको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गर्ने चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । वार्तामा सकारात्मक नतिजा आउने सम्भावना देखिए २ सय अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा तत्कालै २५ प्रतिशत करवृद्धि नगरिने गत शुक्रबार राष्ट्रपति ट्रम्पले बताएका छन् ।

अमेरिकी प्रविधि चोरी भएको, चिनिया बजार पश्चिमा मुलुकका लागि पर्याप्त रुपमा खुला नभएको तथा चीनले अमेरिकी रोजगारी खोस्न चिनिया कम्पनीलाई बढी छुट र अनुदान दिएको आरोप अमेरिकाले लगाउँदै आएको छ । विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धि र बजारमा ठूलै हलचल ल्याएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर