newskoseli.Com

होन्डाले प्लान्ट बन्द गर्दै, ३ हजार ५ सयको रोजगारी जोखिममा

कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीको सो प्लान्ट बन्द भएसँगै करिव ३ हजार ५ सय जनाको रोजगारी गुम्ने सम्भावना देखिएको छ ।

इङल्यान्डको दक्षिण–पश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट विगत २४ वर्षदेखि होन्डाको ‘सिभिक’ मोडलको कार उत्पादन हुँदै आएको थियो । यस प्लान्टबाट वार्षिक करिव १ लाख ५० हजार कार उत्पादन हुने गर्दछन् ।

यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुने घोषणा होन्डाले गरेको छ । युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले एक विज्ञप्ति जारी गरी कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताएका छन् ।

होन्डाका युरोपेली वरिष्ठ उपाध्यक्ष इयान हावेल्सले बिनासम्झौता युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा त्यसले कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने गत वर्ष बताएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर