newskoseli.Com

कर्मचारीलाई साबुनसम्मको सुविधा, उपभोक्तामाथि महँगीको भार !

नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ ।

निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक ४ हजार ५ सय, घरखर्चका लागि १ हजार र लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् भने दैनिक खाजा खर्च १ सय रुपैयाँ पाउँछन् । विदेश भ्रमणका नाममा भारत जाँदा ५ हजार र अन्य मुलुक जाँदा ७ हजार लुगाभत्ता बुझ्छन् । बीमा, चाडबाड र उपचार खर्चको पनि छुट्टै व्यवस्था छ ।

१५ दिनअगाडिसम्म निगमले प्रतिदिन करिव ८ करोड रूपैयाँसम्म नाफा कमाइरहेको थियो । यो अनुपात कायमै छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागे पनि पुरानो घाटा पूर्ति गर्ने भन्दै निगमले मूल्य समायोजन गरेको छैन । सार्वजनिक संस्थानमध्ये सबैभन्दा आकर्षक तलबभत्ता आयल निगमकै कर्मचारीले बुझ्छन् ।

निजामती कर्मचारीको तुलनामा उनीहरूको सुविधा कम्तिमा तेब्बर बढी छ । पछिल्ला ४ वर्षमा निगमको प्रशासनिक खर्च ९४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदन अनुसार आ.व. ०७०–७१ मा ५० करोड ७० लाख रहेको खर्च ०७४–७५ मा ९८ करोड ३६ लाख पुगेको छ ।

लुगा धुने साबुन समेत भत्ता पाइरहेका कर्मचारीले मागे अझै थप सुविधा !

आयल निगमका कर्मचारीले अहिले पाइरहेको तलब–भत्ता अपुग भएको भन्दै थप सुविधा माग गरेका छन् । २६ पुसमा ४९औं वार्षिक साधारणसभामा आधिकारिक ट्रेड युनियनको तर्फबाट धारणा राख्दै निगमका कर्मचारी गोपालचन्द्र राईले मासिक २ हजार महँगी भत्ता थप्नुपर्ने बताए ।

‘निजामती कर्मचारीले पाइरहेको मासिक २ हजार भत्ता निगममा पनि लागू गर्न सञ्चालक समितिले निर्णय गरिदिनुपर्छ’– उनले भनेका थिए । केही समयअघि निगम व्यवस्थापनले सञ्चालक समितिसमक्ष यातायात खर्चवापत मासिक ४ हजार ५ सय रूपैयाँ थप सुविधा दिनुपर्ने प्रस्ताव समेत लगेको खबर अजित अधिकारीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर