newskoseli.Com

एनसेलको शेयर अब सर्वसाधारणलाई पनि !

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ ।

कम्पनी ऐन, २०६३ को पछिल्लो संशोधित व्यवस्था अनुसार आगामी वैशाखभित्र ५ करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने भएकाले त्यसै अनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ ।

‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनी लगायतका तयारी पूरा भइसकेका छन्,’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भने– ‘छिट्टै कम्पनी रजिस्ट्रार कार्यालयमा गएर पब्लिक कम्पनीमा रुपमा दर्ता गराउँदैछौं ।’

उनका अनुसार दूरसञ्चार ऐन, २०५३ मा पनि संशोधनको प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले अझै निर्णय गर्न सकेको छैन । ‘तर, कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रुपमा दर्ता हुन्छौं’– उनले भने ।

पब्लिक कम्पनीमा रुपान्तरण भइसकेपछि एनसेलले सर्वसाधारणमा पनि सेयर जारी गर्नुपर्ने खबर विश्वास रेग्मीको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर