अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचत समेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।
कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’ मा विभिन्न व्यक्तिका नाममा नियमविपरीत भुक्तानी २३ करोड १० लाख, नियमविपरीत थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाख समेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता देखिएको खबर कृष्ण ज्ञवाली र स्वरुप आचार्यको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।