newskoseli.Com

पेरूमा ७ म्याग्निच्युड र इक्वेडरमा ७.५ म्याग्निच्युडको भूकम्प

पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पबाट क्षति भएका कुनै सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूका सडकमा ठूलठूला ढुङ्गाहरू खसेर आवागमन प्रभावित भएको बताइएको छ ।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु पेरूको अजाङगारो सहरबाट करिव २७ किलोमिटर उत्तरपूर्वमा २ सय ५७ किलोमिटर गहिराइमा रहेको छ । विभागका अनुसार दक्षिण अमेरिकामा गएका ठूला भूकम्पको केन्द्रविन्दु प्राय ७० किलोमिटरको गहिराईभन्दा तल हुने गरेको छ ।

पेरूको छिमेकी राष्ट्र इक्वेडरमा पनि हालै ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ९ जना घाइते भएका थिए भने कतिपय भवनमा आंशिक क्षति भएको थियो । तर, उक्त भूकम्पबाट पेरूमा भने क्षति भएको थिएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर