newskoseli.Com

‘आपराधिक समूह’ को आक्रमणमा ३२ जना ‘भिजिलान्ते’ को मृत्यु !

‘आपराधिक समूह’ को आक्रमणमा परी नाइजेरियाको उत्तर–पश्चिमी क्षेत्रमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारी अनुसार मारिनेमा ‘भिजलान्ते’ हरु रहेका छन् । मोटरसाइकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गोली प्रहार गरेका थिए ।

‘आपराधिक समूहको आक्रमणमा परी मृत्यु भएका ३२ जनाको शव हामीले नियन्त्रणमा लिएका छौं’– स्थानीय सुकाइमान शुअ‍ैबुले भने । नाइजेरियाकै अर्को एउटा क्षेत्रमा २७ जनाको हत्या भएको केही दिनपछि आक्रमणको यो अर्को घटना भएको हो । ठूलो संख्यामा आएका उनीहरुले स्थानीय समयानुसार ३ः३० मा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

‘३२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु कयौं घाइते भएका छन्’– एक अधिकारीले भने । जाम्फारा राज्यका प्रहरी प्रवक्ता मोहम्मद शेहुले घटनाको पुष्टि गर्दै थप विवरण दिन भने अस्वीकार गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर