newskoseli.Com

सरकारको तयारी- ३२ अर्बको गाई ल्याउने, किसान भन्छन्- गाई होइन, प्रविधि भित्र्याऊ

चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीप्रति दुग्ध उत्पादक किसानहरुले विरोध गर्दै आएका छन् ।

किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेको छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुग्ध उत्पादन किसानले भने गाई ल्याउन गरिएको सम्झौताको विरोध गरको छन् ।

नेपालमा अहिले दैनिक २२ लाख लिटर दूध उत्पादन भइरहेको छ । किसानले उत्पादन गरेको दूध बिक्रीको समस्या रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपाने बताउँछन् । बजार पाउनु जत्तिकै समस्या बिक्री भएका दूधको भुक्तानीमा पनि रहेको उनले बताए ।

किसानले दूधको भुक्तानी रकम पनि पाउन महिनौंसम्म कुर्नु परेका छ । ‘लागत अनुसारको मूल्य किसानले पाउन सकेको छैनन्,’ उनी भन्छन्– ‘ढुटो, चोकर, दानाकोे मूल्य भने दिनहूँ बढिरहेको छ ।’ सरकारको तयारी र किसानको विरोधसम्बन्धी यो खबर सविता श्रेष्ठको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर