newskoseli.Com

पेट्रोलियममार्फत यी शीर्षकमा लुटिइरहेछन् नागरिक…

कोभिड महामारीकै बीच नेपाल आयल निगमले आइतबार मात्र पनि पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ ।

महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ । अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले तर्क गरे । निगमको कारणले भन्दा पनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण पेट्रोलियम पदार्थ महँगो भएको उनको भनाइ छ ।

इन्धनमा सरकारले भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), सडक मर्मत–सम्भार शुल्क र प्रदूषण करका नाममा निकै ठूलो रहम असुल्ने गरेको छ । यसका अतिरिक्त निगम स्वयंले पनि ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरीकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ । यसरी क्रयमूल्यमाथि निकै ठूलो बोझ सरकारले नै थपिद्यिदा पेट्रोलियम पदार्थको भाउ थामिनसक्नु भएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर