newskoseli.Com

कर छल्नेहरुमाथि धमाधम अनुगमन

आन्तरिक राजस्व कार्यालय हेटौंडाले कर (राजस्व) छल्नेहरुमाथि अनुगमन तीव्र पारेको छ । राजस्व कार्यालयले अधिकृतको नेतृत्वमा टोली खटाई मकवानपुरको हेटौंडालगायतका सहरी तथा ग्रामीण क्षेत्रमा रहेका औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानमा फर्महरुको जाँच तथा अनुगमन गर्ने काम भैरहेको प्रमुख कर अधिकृत सन्तबहादुर ढकालले बताए ।

करको दायरामा नआएका र कर छल्नेमाथि अनुगमन गरिनुका साथै करसम्बन्धी अभियान थाल्ने उनले बताए । राजस्व कार्यालयका अनुसार चालु आ.व. को सात महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । आ.व. भित्र २ अर्ब ५ करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा साउनदेखि माघसम्ममा २ अर्ब २६ करोड ७४ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको छ ।

सो अवधिमा आयकरवापत ४२ करोड, घर बहाल करवापत १ करोड ५० लाख ९३ हजार, ब्याज करबापत २ करोड ५६ लाख ५६ हजार, मूल्य अभिवृद्धि करवापत ३२ करोड ५८ लाख, अन्तःशुल्क करवापत १ अर्ब ३७ करोड ७३ लाख ९८ हजार, स्वस्थ्य सेवा शुल्कवापत १० करोड १३ लाख र शिक्षा सेवा करवापत १८ लाख ९७ हजार राजस्व सङ्कलन भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर