newskoseli.Com

विश्वकै कान्छी अर्बपति कसरी बनिन् काइली जेनर ?

२१ वर्षकी काइली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएको ‘फोर्ब्स’ ले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्‍याएको छ ।

जेनरले यो उपाधि फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गबाट खोसेकी हुन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति भएका थिए । माइक्रोसफ्टका सहसंस्थापक पनि १९८७ मा ३१ वर्षको उमेरमा कान्छा अर्बपति भएका थिए ।

जेनरको सम्पत्तिमा भएको पछिल्लो वृद्धि ‘काइली कस्मेटिक्स’ बाट भएको हो । यो उनको श्रृंगारिक कम्पनी हो । ‘फोर्ब्स’ का अनुसार यो कम्पनीको मूल्य ९० करोड डलर रहेको छ । यो कम्पनी २०२२ मा १ अर्ब डलरको हुने ‘फोर्ब्स’ को अनुमान छ । यो कम्पनीले गत वर्ष उल्टासँग ‘एक्स्क्लुसिभ वितरण’ को हस्ताक्षर गरेको थियो । यो कम्पनीसँग काम गर्ने योजना बनाएको जेनरले बताएकी छन् ।

‘काइली कम्मेटिक्स’ बाहेक जेनरले आफ्नो पेड एप ‘काइली जेनर अफिसियल एप’ बाट पनि २०१५ को नोभेम्बर ३० मा आफ्नो ब्युटी ब्रान्ड सुरु गरेकी थिइन् । यो कम्पनीले १८ महिनामा ४२ करोड डलरको सामग्री बिक्री गरेको थियो । २०१६ मा उनको ‘होलिडे कलेक्सन’ सार्वजनिक भएपछि यो एप्सले झन्डै प्रतिदिन १ करोडका दरले ९० करोड ८० लाख फ्लोअर्स बटुलेको छ भने ट्विटरमा पनि २ करोड ६७ लाख फलोअर्स रहेको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर