newskoseli.Com

राष्ट्रपतिकै लागि १४ करोडका ‘कारगेड बाइक’ किन्दै सरकार

सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रत्येक बाइक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।

त्यस्तै, प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् । राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँ बराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो । उच्चपदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भीभीआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सीसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ ।

खरिदको क्रममा रहेका ती मोटरसाइकल प्रत्येकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ । २०५८ पछि पहिलो पटक गुणस्तरयुक्त कारगेड मोटरसाइकल खरिद हुन लागेको प्रहरीले जनाएको छ । ‘नेपाल प्रहरीलाई ३० वटा कारगेड मोटरसाइकल खरिद गर्न आवश्यक बजेट विनियोजन गर्ने’– मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

त्यही निर्णयका आधारमा मोटरसाइकलको मूल्य टेन्डरबाट निर्धारण गरेर खरिद प्रक्रियामा लगिएको प्रहरीले जनाएको खबर मातृका दाहालको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर