newskoseli.Com

दोहोरो अङ्कले बढ्यो शेयर बजार : यस्तो छ कारोबार विवरण…

आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या भएको शेयर बजार सोमबार भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर १ हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।

सोमबार कूल १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख ४० हजार २ सय १३ रुपैयाँमा खरिद–बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ विन्दुले घटेको छ । बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बीमा ६.३६ विन्दुले बढेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख ८६ हजार ६६, एनआर्इसी एशिया बैंकको २ करोड २१ लाख २१ हजार ४ सय ९२ रुपैयाँ, प्रभु बैंक लिमिटेडको २ करोड १७ लाख ५७ हजार ८ सय २७ रुपैयाँ, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको १ करोड ८२ लाख ६७ हजार २ सय ३६ रुपैयाँ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १ करोड ७१ लाख ५९ हजार ९ सय ५५ रुपैयाँको शेयर खरिद–बिक्री भई अग्रस्थानमा रहे ।

स्टकका अनुसार ङादी ग्रूपका शेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेसनल हाइड्रो पावर कम्पनी ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ५.९३, अपि पावर कम्पनीकाशेयरधनीले ५.३६ प्रतिशतले कमाए । यस्तै, सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका शेयरधनीले ३.१२ प्रतिशतले गुमाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर