newskoseli.Com

अमेरिकी सेनाको हवाई आक्रमण : ५० भन्दा बढी बालबालिका र महिला मारिए

इस्लामिक स्टेट (आईएस) लडाकुहरुको पकड क्षेत्र मानिने स्थानमा भएको भएको हवाइ आक्रमणमा परी कम्तिमा ५० जना मारिएका छन् ।

सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् । डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आर्इएस लडाकुहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ ।

आक्रमणमा मारिएकामध्ये अधिकांश महिला र बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको सहयोग रहेको सिरियन डेमोक्रयाटिक फोर्स (एसडीएफ) ले आइतबार नै आर्इएस लडाकुविरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो ।

आक्रमण गर्नुअघि एसडीएफले समयसीमा तोकेर आत्मसमपर्ण गर्न आर्इएस लडाकु र उनीहरुका परिवारलाई आह्वान गरेको थियो । तर, आर्इएस लडाकु र उनीहरुका आफन्तसहित हजारौंले आत्मसमपर्ण गर्न अस्वीकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर