newskoseli.Com

खुम्चियो अमेरिकी अर्थतन्त्र : ‘व्यापार युद्ध’ को प्रभाव !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘व्यापार युद्ध’ का कारण सन् २०१८ मा करिव ७ अर्ब ८० करोड डलरले अमेरिकी अर्थतन्त्र खुम्चिएको तथ्य अध्ययनले देखाएको छ ।

प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी निर्यातमा पनि ११ प्रतिशतले कमी आएको छ । आयातमा भएको लागत वृद्धिले उपभोक्ता र उत्पादकलाई वार्षिक करिव ६९ अर्ब डलर नोक्सान भएको छ ।

आयात र निर्यातको गणनाबाट गत वर्ष कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को शून्य दशमलव शून्य ४ प्रतिशत अर्थात् करिव ७ अर्ब ८० करोड डलर नोक्सान भएको अनुसन्धाताहरुले बताएका छन् । आर्थिक अनुसन्धान राष्ट्रिय ब्युरोले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले चीन समेतका कतिपय मुलुकसँग रहेको व्यापार घाटा कम गर्न जस्तासुकै कदम चाल्ने राष्ट्रपति ट्रम्पको घोषणाले अमेरिकी र विश्व अर्थतन्त्र खुम्चिने देखिएको जनाएको छ ।

अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्रलाई बचाऊ गर्ने नाममा राष्ट्रपति ट्रम्पले संरक्षणवादी व्यापार नीति अबलम्बन गरेको आरोप लाग्दै आएको छ । वासिङ्टन र बेइजिङबीच एक–अर्का मुलुकका सामानमा करवृद्धि गरिएको भए पनि अन्ततः व्यापार विवाद सुल्झाउन हाल वार्ता जारी छ ।

अमेरिकाले चीन मात्र नभई युरोपेली युनियन र अरु प्रमुख व्यापारिक साझेदार मुलुकमाथि करवृद्धि गर्ने तथा आयात रोक्ने जस्तो कठोर कदम चालेको छ । ‘व्यापार युद्धले अमेरिकाकै रिपब्लिकन पार्टी विजयी भएकै राज्यहरुमा बढी असर पारेको छ’– अनुसन्धान प्रतिवेदनमा लेखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर