newskoseli.Com

१ वर्षभित्रै नेपालमा गाडी उत्पादन सुरू, ४० प्रतिशतसम्म मूल्य घट्ने

अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडीको उत्पादन सुरु हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी ‘मोट्रेक्स कम्पनी लिमिटेड’ ले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो ।

यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताएका छन् । ‘मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेहिकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृति भएको छ,’ उनले भने– ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’

प्लान्ट स्थापना गर्न मोतीपुर औद्योगिक क्षेत्रमा अध्ययन

कम्पनीले मोतीपुर औद्योगिक क्षेत्रभित्रै प्लान्ट स्थापना गर्न अध्ययन गरिरहेको सीर्इओ अधिकारीले बताए । उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पहिचान गरेको औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्न कम्पनीले अध्ययन गरिरहेको छ ।

‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकै प्रस्तावमा लगानी बोर्डले सो औद्योगिक क्षेत्र विकासलाई पनि परियोजनाकै सूचीमा राखेको छ’– उनले भने । कम्पनीले गाडी उत्पादनका लागि ‘ट्याक्स फ्रि’ तथा ‘ट्याक्स होलिडे’ जस्ता सुविधाको व्यवस्था गर्न माग गरिरहेको छ ।

‘कम्पनीलाई के–कस्ता छुट तथा सुविधा दिन सकिन्छ भन्नेबारे बोर्ड छलफलकै क्रममा छ’– उनले भनेको खबर पुष्प कोइरालाको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर