newskoseli.Com

१ महिनामै भित्रियो ७७ अर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने एक महिनामै ७७ अर्बभन्दा धेरै भित्रिएको छ ।

पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवाह बढेको हो । चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवाह ५ सय १५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो विप्रेषण पुसको तुलनामा ७७ अर्ब १९ करोड रुपैयाँले धेरै हो । चालु आर्थिक वर्षको पुससम्ममा ४ सय ४३ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण आएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको विप्रेषण आप्रवाह गत आ.व. को सोही अवधिको तुलनामा १ खर्ब १४ अर्ब २० करोड रुपैयाँ अर्थात २८.५ प्रतिशतले बढेको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर