newskoseli.Com

सरकारी ऋणको भारी : प्रतिव्यक्ति ३३ हजार !

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आ.व. ०७५–०७६ को पहिलो ८ महिनासम्म देशको कूल ऋण दायित्व ९ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

कूल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ । आन्तरिक ऋण ३ खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ भने वैदेशिक ऋण ५ खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ छ । यो ऋण आ.व. को कूल गार्हस्थ उत्पादनको ३१.६८ प्रतिशत हो । त्यसमा आन्तरिक ऋण १३ प्रतिशत र वैदेशिक ऋण १८.६७ प्रतिशत छ ।

गत आ.व. को प्रतिव्यक्ति ऋण दायित्व ३१ हजार ७ सय ७५ रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयले गत वैशाखसम्म यस्तो ऋण २९ हजार रुपैयाँ पुगेको जनाएको थियो । यसले ऋणको भार थपिँदै गएको देखाएको खबर पवन तिमिल्सिनाको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर