newskoseli.Com

प्रधानमन्त्रीलाई जम्मा २० कित्ता सेयर : ‘जनताको जलविद्युत् कार्यक्रम’

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशुली ‘थ्री– बी’ जलविद्युत् आयोजनामा १० हजार कित्ता सेयर माग गर्दै आवेदन फर्म भरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जम्मा २० कित्ता मात्रै सेयर पर्‍यो ।

सेयरका लागि आवेदन दिँदै प्रधानमन्त्री ओलीले चैत ७ मा ‘जनताको जलविद्युत् कार्यक्रम’ को उदघाटन गरेका थिए । बिहीबार ऊर्जा मन्त्रालयमा आयोजित सेयर बाँडफाँटका क्रममा सेयरका लागि आवेदन दिएकाहरुले न्यूनतम २० कित्ता र अधिकतम ३० कित्ता मात्रै सेयर पाए ।

यसै क्रममा प्रधानमन्त्री ओलीले २० कित्ता सेयर पाए भने प्रधानमन्त्रीपत्नी राधिका शाक्यलाई पनि २० कित्ता मात्रै सेयर मात्रै परेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर