
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उडाउँदा १ वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदन अनुसार निगमलाई २०७४–७५ मा उक्त घाटा भएको हो । निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए– ६० बाट ३१ करोड ६४ लाख र वाई– १२ मार्फत २८ करोड ९७ लाख गरी वर्षमै ६० करोड ६१ लाख रुपैयाँ खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ ।
२०७५–७५ को १ आर्थिक वर्षमा एमए– ६० ले २० करोड ६४ लाख सञ्चालन आम्दानी गरेको थियो । १ वर्षमा भएको खर्च घटाउँदा एमए– ६० मा मात्रै ३१ करोड ६४ लाख खुद घाटा रहेको खबर राजु बास्कोटाको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।