newskoseli.Com

पूर्वराष्ट्रपतिद्वारा आत्महत्या : जसले आफ्नै कन्चटमा हाने गोली…

दक्षिण अमेरिकी राष्ट्र पेरुका पूर्वराष्ट्रपति एलन गार्सियाले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन् ।

गार्सियाले घुस लिएको आरोपमा उनलाई पक्राउ गर्न निवासमा पुलिस जाँदा उनले आत्महत्या गरेका हुन् । गार्सियालाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो ।

पेरुका वर्तमान राष्ट्रपति मार्टिन विजकारले उनको मृत्युको पुष्टि गरेका छन् । अस्पताल बाहिर गार्सियाका समर्थक जम्मा भएकमा थिए । पुलिसले उनीहरुलाई नियन्त्रणमा लिएर फिर्ता पठाएको थियो ।

गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओेदेब्रक्तसँग घुस लिएको आरोप छ, जसलाई उनले अस्वीकार गरेका थिए । यो आरोपपछि उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरु उनको घर पुगेका थिए ।

पूर्वराष्ट्रपतिले यसरी गरे आत्महत्या…

पत्रकारसँग कुराकानी गर्दै पेरुका गृहमन्त्री कार्लोस मोरनले त्यहाँ पुलिस पुग्दा गार्सिया एक कल फोन गर्न अनुमति माग्दै आफ्नो कोठामा गए र भित्रबाट चुकुल लगाए । मोरनले भने– ‘त्यसको केही बेरमै गोली चलेको आवाज आयो, ढोका फुटाएर पुलिस भित्र जाँदा गार्सिया कुर्सीमा बसेका थिए र उनको टाउकामा गोली लागेको थियो ।’

त्यसपछि लिमास्थित केसिमिरो उलोओ अस्पताल पुर्याइएका गार्सियाको त्यतिबेलासम्म मृत्यु भैसकेको थियो । राष्ट्रपति विजकारले ट्विट गर्दै पूर्वराष्ट्रपतिको मृत्युले आफूलाई धक्का लागेको बताएको छन् । राष्ट्रपतिले पूर्वराष्ट्रपतिको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

गार्सियाले सन् १९८५ देखि १९९० सम्म र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए । अनुसन्धानकर्ताका अनुसार उनले आफ्नो दोस्रो कार्यकालमा आदेब्रक्तसँग घुस लिएका थिए । यो परियोजना राजधानीमा मेट्रो लाइन निर्माणसँग जोडिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर