newskoseli.Com

८ महिनाको व्यापार घाटा झन्डै ९ खर्ब !

वैदेशिक व्यापारमा नेपालको सस्कँदो अवस्थाले एकपछि अर्को ‘रेकर्ड’ राखिरहेको छ । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार ८ महिनामा आयात २२.९ प्रतिशत बढेको छ भने निर्यातको वृद्धि १५.३ प्रतिशत मात्रै छ । निर्यात परिमाणात्मकभन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण बढेको हो । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो ।

केन्द्रका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा कूल व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको खबर लक्ष्मी सापकोटाको बाइलाइनमा मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर