newskoseli.Com

‘विनाधितो ऋण दिने’ सरकारी भ्रम ! विदेशबाट फर्केका १९ हजारको आवेदन, तर एउटैले पाएनन्…

पाँच वर्ष विदेश बसेर फर्किएका दुधौली– ५, सिन्धुलीका पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि उनलाई ऋण चाहिएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहुलियत कर्जाका लागि गत पुसमा आवेदन खुला गरेपछि दिनभरि लाइन बसेर उनले आवेदन बुझाए । त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण पाइएला भनेर सोधिरहेका छन् । बोर्डले बैंकमा जान आग्रह गरेको छ ।

‘विनाधितो सहुलियत कर्जा पाइन्छ भनेर त्यत्रो लाइन बसिएको थियो,’ उनले भने– ‘सरकार संलग्न भएपछि सहज होला भन्ठानेको थिएँ तर अहिलेसम्म केही प्रगति भएको छैन । बेरोजगार छु ।’ पुस्करजस्ता कूल १८ हजार ७ सय ६७ युवा आफूले बुझाएको आवेदन के भयो, ऋण पाइएला कि नपाइएला भन्नेमा अनभिज्ञ नै रहेको खबर सजना बरालको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर