newskoseli.Com

ग्यास व्यवसायीलाई वार्षिक झन्डै १ अर्ब थप कमिसन

नेपाल आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिव ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ ।

कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिव २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ ।

‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन, ढुवानीलगायत सम्पूर्ण खर्च यकिन नगरी तत्काल कमिसन थपिदिने निर्यण भयो,’ निगमका एक अधिकारीले भने– ‘उद्योगीलाई फाइदा भए पनि उपभोक्तालाई भार पार्ने काम भयो ।’

ग्यास व्यवसायीको किचलो र निगमको हचुवा निर्ययसम्बन्धी यो खबर राजु चौधरीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर