newskoseli.Com

इरानी कच्चा तेल निर्यातमा अमेरिकी प्रतिबन्ध, भारतीय अर्थतन्त्रमा चौतर्फी प्रभाव

इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिइने ‘फैसला’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिसकेका छन् ।

अमेरिकाको यो ‘फैसला’ ले भारत र चीनलाई सर्वाधिक असर पर्ने देखिएको छ । यसबाट भारतमा कच्चा तेलको लागत ३ देखि ५ प्रतिशतसम्म बढ्ने आँकलन गरिएको छ । यसले महँगी बढ्ने र भारतीय रुपैयाँको मूल्यमा समेत गिरावट आउनेछ । इरानी तेल रोक्नाले भारतमा कस्तो कस्तो असर पर्छ त ?

कच्चा तेलको मूल्यमा ३ देखि ५ प्रतिशतसम्मको वृद्धिले भारतको निर्यात कारोबारमा कमी आउनेछ । भारतीय व्यापार प्रवर्द्धन परिषदका अध्यक्ष मोहित सिगंललालाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ– ‘निर्यात क्षेत्रमा प्रभाव पर्ने निश्चित छ किनकि सबै किसिमका उत्पादन एवं सेवामा कच्चा तेललाई एक मध्यवर्ती सामानको जस्तो प्रयोग गरिँदै आएको छ ।’

उनले पनि यो प्रतिबन्धबाट हाल पाइँदै आएको छुट समाप्त हुँदा कच्चा तेलको मूल्य तत्काल ३ देखि ५ प्रतिशतसम्म बढ्न जाने पुष्टि गरेको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर