newskoseli.Com

रातारात सटर बनाएर खुलामञ्च नै ‘बिक्री’ : महानगरपालिका किन चुपचाप ?

राजधानीको मुटुमा अवस्थित सार्वजनिक खुला स्थान टुँडिखेल अर्थात् खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि त्यसलाई रोक्न सम्बन्धित निकायले चासो दिएको छैन ।

सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । अनुमति नै नदिइएको बताउने महानगरपालिकाले पनि खुलामञ् नै ‘बिक्री’ गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउन कुनै पहल गरेको छैन । काठमाडौं भ्यु टावर बनाउन ठेक्का लिएको ‘स्वच्छन्द बिकोई बिल्डर्स प्रालि’ ले खुलामञ्चमा धमाधम सटर बनाएर पसल सञ्चालनका ६ देखि १२ लाखसम्म उठाएर बिक्री गरिरहेको छ ।

सो कम्पनीले ५२ वटा सटर तयार पार्दै छ । केहीमा पसलै चल्न थालिसकेका छन् । महानगरपालिकाले खुलामञ्चको उत्तरतिर बसपार्क राख्न दिएपछि अतिक्रमणको क्रम बढेको खबर दामोदर न्यौपानेको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर