newskoseli.Com

४ अर्ब डलरले बढ्यो ‘फेसबुक’ का मालिक जुकरबर्गको सम्पत्ति

‘फेसबुक’ कम्पनीको सेयर मूल्यमा बिहीबार ६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै सो कम्पनीका सीईओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ ।

जुकरबर्ग फेसबुकमा बढी (सर्वाधिकार) सेयर भएका व्यक्ति हुन् । ‘ब्लुम्बर्ग बिलिनियर’ सूचीका अनुसार विश्वकै पाँचौं धनी व्यक्ति जुकरबर्गको कूल सम्पत्ति ७५.५ अर्ब डलर पुगेको छ । जुकरबर्गको कूल सम्पत्ति चार महिनाको अवधिमा २३.५ अर्ब डलर बढिसकेको छ ।

गत वर्ष डाटा गोपनीयता जस्तो विवादका कारण फेसबुकको सेयर मूल्यमा ठूलै गिरावट आएको थियो । यसले गर्दा सन् २०१८ मा जुकरबर्गको सम्पत्तिमा २० अर्ब डलरको कमी आएको थियो । तर, यो वर्ष भने बिलिनियर सूचीमा समावेश ५ सय धनीमा जुकरबर्गलाई यो वर्ष सर्वाधिक फाइदा भएको थियो ।

त्यस्तै, फ्रान्सका बर्नाड आरनउल्टको सम्पत्तिमा २१.७ अर्ब डलरले वृद्धि भएको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर