newskoseli.Com

शक्तिशाली मोदीको सम्पत्ति जम्मा २ करोड : ५ वर्षमा २२ लाख मात्र बढ्यो !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल–अचल सम्पत्ति केवल २ करोड भारु अर्थात् ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ ।

वाराणसीमा नामांकन दर्ता गराएपछिको शपथपत्रमा गतवर्ष उनको सम्पत्तिमा केवल २२ लाख ८५ हजार ६ सय २१ अर्थात् ३५ लाख नेरुभन्दा थोरैले मात्र वृद्धि भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोदीसँग केवल १ करोड भारुको अचल सम्पत्ति छ । मोदीले २५ अक्टोबर, २००२ मा यो सम्पत्ति १ लाख ३० हजार ४ सय ८८ भारुमा खरिद गरेका थिए । यसमा उनले २ लाख ४७ हजार २ सय ८ भारु खर्च गरेका थिए । हाल यो सम्पत्तिको मूल्य १ करोड १० लाख भारु पुगेको छ । मोदीले कुनै पनि किसिमको कर्जा पनि नलिएको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर