newskoseli.Com

दुई लाख अनुदान कस्ताले पाउँछन् ? कस्ताले पाउँदैनन् ?

ओली सरकारले कस्ता भूकम्प पीडितले दुई लाख अनुदान पाउँछन् र कस्ताले पाउँदैनन् भन्ने नयाँ मापदण्ड वनाएको छ । जस अनुसार सरकारी लगतमा घरको क्षतिको तह(ग्रेड) तीन, चार र पाँचमा सूचीकृत भएका घरधनीहरुले मात्र सो अनुदान पाउने भएका छन् र अरुले नपाउने भएका छन् ।

यो ग्रेड अर्थात तह विभाजन भनेको कति क्षति भएको छ भन्ने विभाजन हो । कम क्षति भएकाले सो अनुदान पाउने छैनन् ।
विदेशमा रहेका नेपालीको घर भूकम्पले भत्केको छ भने उनको घर बनाउनका लागि एकाघर परिवारको नाता प्रमाणित भएका हकवाला व्यक्तिलाई तोकिएबमोजिमको अनुदान रकम उपलब्ध गराउने सरकारले जनाएको छ ।

ओली सरकारले वनाएको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदानका लागि लाभग्राही छनौट मापदण्ड यस्तो छ –

२०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पहरुबाट क्षतिग्रस्त निजी आवास भवनहरुकोपुनर्निर्माणका लागि अनुदान प्राप्त गर्ने लाभग्राहीहरुको पहिचान देहायबमोजिम हुनेछ ।

१) केन्द्रीय तथ्यांक विभागद्वारा संचालित ‘‘भूकम्प प्रभावित आवास पुनर्निर्माण लगत संकलन कार्यक्रम’’ अन्तर्गत संलकन गरिएको तथ्यांक विश्लेषण गर्दा क्षतिको तह (ग्रेड) तीन, चार र पाँचमा सूचीकृत भएका घरधनीहरु ।

२) बुँदा नम्बर १ मा समावेश भएका घरधनीहरु मध्ये निम्न अवस्थामा निम्नानुसार अनुदान सहयोग उपलब्ध गराइनेछ ।

२.१. २०७२ साल वैशाख १२ गते अगावै सम्बन्धित जिल्ला मालपोत कार्यालयमा अंशबण्डा पास गरेका घर परिवारलाई छुट्टै घर परिवारमा गणना गरी अनुदान रकम उपलब्ध गराइनेछ । तर अंशबण्डा कागज अड्डाबाट पारित नगरेको भएतापनि २०७२ बैशाख १२ गते अगावै मानोछुट्टीई छुट्टै घर बनाई बसेको रहेछ र केन्द्रीय तथ्यांक विभागद्वारा भूकम्प प्रभावित लगत संकलन कार्यक्रम अन्तर्गत संकलन गरिएको तथ्यांकमा परेको र छुट्टीभिन्न भई अलग अलग घर बनाई बसोबास गरेको अवस्थामा स्थानीय गा.वि.स.÷न.पा. का प्रमुख वा निजले तोकेको कर्मचारीको रोहबरमा हुने सरजमिनको आधारमा पुष्टि भएमा त्यस्तो भूकम्प प्रभावित घरधनीलाई समेत छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराउने ।

२.२. एकाघर परिवारको सदस्यको नाममा घर जग्गा भएको, तर घर जग्गाको स्वमित्व भएको परिवारकोसदस्य विदेशमा भएको अवस्थामा घर बनाउनका लागि एकाघर परिवारको नाता प्रमाणित भएका हकवाला व्यक्तिलाई तोकिएबमोजिमको अनुदान रकम उपलब्ध गराउने ।

२.३. कुनै ठाउँमा जग्गा नापी नै नभएको, तर बस्ती बसेको अवस्थामा त्यस्ता बस्तीका घरहरुलाई अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा त्यस्तो बसोबास भएको जग्गा व्यक्तिगत भए नापी गरी गराई सम्बन्धित व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरे पछि तोकिएबमोजिमको अनुदान रकम उपलब्ध गराउने ।

२.४. भूकम्पबाट क्षतिग्रस्त आवास भएकै स्थानमा वा सीमाना जोडिएको छिमेकी गा.वि.स. वा भूकम्प प्रभावित सोही जिल्लाको अन्य सहज हुने उपयुक्त स्थानमा आवास निर्माण गर्ने भएमा उल्लिखित अनुदान रकम उपलब्ध गराउन सकिने ।

२.५ जग्गाधनीको मृत्यु भई हकवालाहरुमा नामसारी हुन बाँकी भएको अवस्थामा मृतकको हकवालाले मृत्यु दर्ता प्रमाण पत्र सहित निवेदन दिएमा सबै हकवालाहरुको संयुक्त वा निजहरुको मञ्जुरीमा हकवालामध्ये एक जनाको नाममा अनुदान दिन सकिने ।

२.६ केन्द्रीय तथ्यांक विभागद्वारा संकलित भूकम्प प्रभावित लगत संकलन कार्यक्रम अन्तर्गत संकलन गरिएको तथ्यांकमा समावेश भएको तर अनुदान सम्झौता हुन अगावै घरधनी स्वंयले घर निर्माण कार्य प्रारम्भ गरिसकेका घरधनी लाभग्राहीको हकमा निर्मित वा निर्माणधीन उक्त घर तोकिएका प्राविधिकहरुले चेकजाँच गर्दा भूकम्प प्रतिरोधी भएमा तोकिएबमोजिम छुट्टै अभिलेख राखी अनुदान उपलब्ध गराउन सकिने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर