newskoseli.Com

वर्षमै ६० करोड ६१ लाख घाटा : निल्नु न ओकल्नु चिनियाँ जहाज…

आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार आ.व. २०७४–०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकम बराबर नोक्सान गराएका हुन् । निगमलाई दुई वटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, चार वटा वाई टुबेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍याएको प्रतिवेदनमा उल्लेख रहेको खबर दिवाकर पन्तको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर