newskoseli.Com

२१७ प्रतिशत महँगियो तरकारीको भाऊ !

पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाऊ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो ।

उपत्यकावासीको माग अनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भाऊ महँगो भएको हो । बजारमा बिक्रीका लागि आएका तरकारीको गुणस्तर पनि राम्रो छैन । तरकारीको मूल्य छोइसाध्ये छैन, मुला ६० रुपियाँ केजी छ, त्यति महँगो तरकारी त्यही पनि गुणस्तरीय छैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ महिनामा प्रतिकेजी १२ रुपियाँ थोक मूल्यमा कारोबार भएको सेतो मुला वैशाखको दोस्रो सातामा मूल्य बढेर प्रतिकेजी ३८ रुपियाँ थोकमै पुगेको छ । जुन मूल्य माघ महिनाको भन्दा वैशाखमा २१७ प्रतिशत धेरै हो । यस्तै, सो अवधिमा सानो गोलभेंडा प्रतिकेजी १८ रुपियाँमा कारोबार भएकोमा अहिले बढेर ४० रुपियाँ प्रतिकेजी थोकमै कारोबार भइरहेको छ ।

कालीमाटीकी खुद्रा व्यापारी शर्मिला खड्काको अनुभवमा यस पटक गएको फागुनदेखि आएको असिना–पानीले ठाउँ–ठाउँको तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको र त्यसको प्रभाव तरकारीको भाऊमा देखिएको खबर सीता शर्माको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर