भारतीय आयल कर्पोरेसन (आईओसी) को रक्सौल डिपोबाट आएको ट्याकंरको तेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेपछि वीरगञ्जका पम्पमा असर देखिएको छ ।
स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगञ्जका पम्पले सस्तोमा किनेर निगमले तोकेको मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउँदै आएका थिए । केही स्थानीय पम्पले चोरीको तेल किन्न नपाएपछि बजार मागअनुसार आपूर्ति गर्न निगमको वीरगञ्ज कार्यालयमा तेलको माग बढाएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।