newskoseli.Com

मजदुर–कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ !

मजदुर–कर्मचारीको हकहित एंव सुरक्षाका नाममा ‘सामाजिक सुरक्षा कर’ वापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको छ ।

मुलुकभर आर्थिक अनुशासन कायम गराउने जिम्मेवारी सरकारले अर्थ मन्त्रालयलाई दिएको छ । तर, अर्थ मन्त्रालयले गरिब मजदुर एवं कर्मचारीबाट ‘सामाजिक सुरक्षा कर’ का नाममा संकलन गरेको २२ अर्ब २ करोड ६४ लाख रुपैयाँ आफ्नै तजबिजले खर्च गरेको छ ।

सरकारले मजदुर–कर्मचारीको सुरक्षाका लागि भनेर आर्थिक वर्ष २०६७–६८ देखि ‘सामाजिक सुरक्षा कर’ का नाममा रकम संकलन गर्न सुरु गरेको थियोे । निजामती कर्मचारीदेखि संघ–संस्थालगायत सबै उद्योग–प्रतिष्ठानमा कार्यरत मजदुर–कर्मचारीले आफूले पाउने तलब (आधारभूत तलब) को एक प्रतिशत रकम यस्तो करका रुपमा तिर्दै आएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर