newskoseli.Com

मेलम्चीमा व्यर्थै थपियो साढे २ अर्बको भार

मेलम्ची खानेपानी आयोजाको बाँकी काम (३ प्रतिशत) का लागि थप २ अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ ।

३६ करोड रुपैयाँ भुक्तानी दिएको भए राजधानीमा आइसकेको मेलम्चीको पानी अन्ततः सरकारी कर्मचारीको ‘द्रव्यमोह’ का कारण राज्यले यति धेरै थप रकम पुनः लगानी गर्नुपरेको छ ।

अघिल्ला खानेपानी सचिव गजेन्द्र ठाकुरले मेलम्चीको ठेकेदार सीएमसीलाई दिनुपर्ने ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएका थिए । सीएमसी नफर्किने छाँट देखेपछि खानेपानी मन्त्रालयले नयाँ ठेक्का गर्नुपर्ने भएको हो । यसका लागि मेलम्ची खानेपानी बोर्डले बाँकी कामका लागि २ अर्ब ५२ करोड रुपैयाँको थप लागत अनुमान गरेको छ ।

लागत अनुमान तय भइसकेको र मेलम्ची बोर्डले निर्णय गरी मन्त्रिपरिषदबाट पारित गराउने तयारी भइरहेको खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले बताए । ‘आठ–दस दिनभित्र हामी मेलम्चीको बाँकी कामको ठेक्का गर्दै छौ’– सचिव शर्माले भनेको खबर विकास थापाको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर