
वीरगञ्ज भन्सार भएर ४ अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खाने तेल भारत निर्यात भएको छ ।
यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो । सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगञ्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए ।
आधा दशकको अन्तरालपछि फेरि एक पटक देशबाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको खबर रितेश त्रिपाठीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।