newskoseli.Com

यस्ती पनि हेडमास्टर : रक्सी धोकेर स्कुल जान्छिन्, अभिभावकको घरबाट नगद र सुन चोर्छिन् !

अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयकी एक प्रधानाध्यापक (हेडमास्टर) लाई प्रहरीले पक्राउ गरेको छ ।

मेलम्ची नगरपालिका– ११, खानीगाउँ, सिन्धुपाल्चोकस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसेर मादक पदार्थ सेवन गरी २ तोलाभन्दा बढी सुन र ३ हजार रूपैयाँ नगद चोरेको कुरा उनैले स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

लामो समयदेखि सोही स्कुलमा पढाउँदै आएकी जोशीले दिउँसो ३ बजेतिर माया घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले बताइन् । सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा प्रधानाध्यापक जोशीलाई बाटोबाटै नियन्त्रणमा लिएको घलेको भनाइ छ । उनले आफ्नो औंठी लगाएको घलेले देखेपछि प्रधानाध्यापकले सुन चोरेको रहस्य खुलेको थियो ।

अभियुक्त जोशी यसअघि पनि पटक–पटक यस्तै विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको मेलम्ची नगरपालिका शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । जोशी नियमित स्कुल पनि जाँदिनन्, कहिले जाने त कहिले नजाने गरी काम गर्दै आएकी छन् । उनी स्कुल जाँदा समेत मादक पदार्थ सेवन गरेर जाने गरेको स्थानीयवासी गोविन्द घलेले बताए । जोशीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको जानकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर