newskoseli.Com

१० अर्बको आलु–प्याज भारतबाटै आयात

आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवर्द्धन गर्ने भन्दै सरकारले ठाउँ–ठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेका बेला आलु–प्याजको परनिर्भरता भने वर्सेनि बढ्दो छ ।

कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने सरकारको कार्यक्रममा आलु–प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेका कारण परनिर्भरता वर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु–प्याजको तथ्याङ्कले अघिल्लो वर्षभन्दा यस वर्ष आलु–प्याजको आयात बढेको स्पष्ट हुन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार २०७४ मा कालीमाटीमा ६० हजार ४ सय ३६ मेट्रिक टन आलु भित्रिएकामा ४१ हजार मेट्रिक टन आलु भारतबाटै आएको खबर सीता शर्माको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर