newskoseli.Com

अमेरिका–चीन ‘व्यापारयुद्ध’ : किन झस्कियो नेपाल ?

संयुक्त राज्य अमेरिका र चीनबीच ८ महिनादेखि जारी ‘व्यापारयुद्ध’ ले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ ।

गत साता बसेको आयोगको बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखा परेको असहज परिस्थितिका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्न सक्ने प्रभाव आँकलन गर्न सदस्य डा. रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ । डा. फुयाँलले आयोगमा आर्थिक व्यवस्थापन महाशाखा हेर्छन् ।

‘हामीले चीन–अमेरिकाबीच देखिएको व्यापार–तनावलाई नजिकबाट हेर्न सुरु गरेका छौं,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्कर कँडेलले भने– ‘सिर्जित समस्या विश्लेषण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रिपोर्टिङ गर्छौं ।’

विश्व महाशक्ति राष्ट्रहरुको टकराव र त्यसले नेपाललाई पार्ने प्रभावसम्बन्धी यो खबर विजय देवकोटाको बाइलाइनमा आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर