newskoseli.Com

कालिका र पप्पु कन्स्ट्रक्सनले ठेक्कामा प्रतिस्पर्धा गर्नै नपाउने

मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्रयाइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सीटीसीई कालिका र पप्पु कन्स्ट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।

सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् ।

राम्रो काम नगरेको आरोपमा यी दुवै कम्पनीको मुद्दा अदालतमा विचाराधीन छ । कालिका र पप्पुजस्तै अदालतमा मुद्दा परेका अन्य कम्पनीले पनि अब ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्न नपाउने खबर रुद्र खड्काको बाइलाइनमा साेमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर