newskoseli.Com

पूर्वराजा वीरेन्द्रको खर्बौंको सम्पत्ति, व्यवसायीलाई भाडामा

तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर, थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई भाडामा दिइएको छ ।

अधिकांश सम्पत्ति राजाकै पालामा प्रतिष्ठानहरूलाई भाडामा दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिज भाडा वापत वर्सेनि ७ करोड रुपैयाँ उठाउँदै आएको छ । राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधि समेत सकिन लागेको छ ।

‘धेरैमा ६–७ वर्ष छ, केहीको सकिनै लागिसकेको छ’– ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले बताए । ०६४ मा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने भनिए पनि व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका लिजको अवधि बीचमा थपिएको थियो ।

उनका अनुसार गोकर्ण फरेस्ट रिसोर्टले सबैभन्दा बढी रकम तिरिरहेको छ । २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा उपयोग गरिरहेको उसले वार्षिक २ लाख ४० हजार अमेरिकी डलर (२ करोड ६४ लाख रुपैयाँ) ट्रस्टलाई बुझाउँछ । यो सम्पत्ति एलएम सुविर ब्रदर्स (नेपाल) प्रा.लि. र यति होल्डिङ्स प्रा.लि. ले सन १९९५ अगस्ट १६ देखि २०२५ अगस्ट १५ सम्म ३० वर्षको लिजमा लिएको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर