newskoseli.Com

भूमिमन्त्रीको एक घन्टे आधारशिविर यात्रा : खर्च ५० लाख !

भूमि व्यवस्थामन्त्री पदमा अर्यालसहितको टोली सगरमाथाको आधारशिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ मा सगरमाथा बेसक्याम्प पुगी त्यसै दिन साँझ काठमाडौं फर्केको थियो ।

टोलीले त्यतिबेला बेसक्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीन वटा हेलिकप्टर लिएर बेसक्याम्पमा पुगेको थियो ।

काठमाडौंबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेना र सिम्रिक एयरका हेलिकप्टरमा फर्किएको थियो । सगरमाथाको मापनका लागि भन्दै नापी विभागद्वारा भाडामा लिइएका सिम्रिक एयरका दुई वटा हेलिकप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएको खबर भुवन शर्माको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर