newskoseli.Com

अष्ट्रेलियाली प्रधानमन्त्रीले लिए दोस्रो कार्यकालको सपथ

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिएका छन् । मरिसनको नयाँ मन्त्रिमण्डलमा पहिलो पटक ७ जना महिलाको सहभागिता रहेको छ ।

मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभसमक्ष सपथ लिएका हुन् । मे १८ मा भएको आम निर्वाचनमा प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेको नेसनल पार्टी कोएलिसन (एलएनपी) ले विजयी भएको थियो । एलएनपीको यो लगातार तेस्रो जित हो ।

विपक्षी अष्ट्रेलियन लेबर पार्टी भने पुनः पराजित भएको छ । नयाँ मन्त्रिमण्डलमा पुराना र वरिष्ठ नेताहरुलाई पुनः सहभागी गराइने मरिसनले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर