newskoseli.Com

अज्ञात समूहको आक्रमणमा २३ जनाको मृत्यु, गाईवस्तु समेत लुटिए

नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शस्त्रधारीहरूबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले पुष्टि गरे । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् ।

प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती बढाइएको र सेनाले हवाई गस्ती थालेको जानकारी समेत शेहुले दिए । गाउँलेको हत्या हुनुको कारण अझै खुलेको छैन । आक्रमणका बारेमा नाइजेरियामा सक्रिय कुनै पनि समूहले जिम्मेवारी पनि लिएका छैनन् ।

जाम्फारा र कडुना राज्यमा जारी हत्या हिंसाले स्थानीय जनतामा त्रास फैलिएको छ । हतियारधारी समूहले कतिपय अवस्थामा त किसानले पालेका गाईवस्तु समेत लुट्ने गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर