newskoseli.Com

राष्ट्रपति–उपराष्ट्रपति, प्रधानमन्त्री–मन्त्री र सांसदको पनि तलब बढ्यो : कसको कति पुग्यो ?

सरकारले राष्ट्रपति–उपराष्ट्रपति हुँदै प्रधानमन्त्री–मन्त्री र सांसदसम्मको तलब बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो ।

कर्मचारीसँगै ‘भीभीआईपी’ को तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ । सांसदहरुको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो । संघीय सांसदको मासिक पारिश्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ भने मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ रुपैयाँ छ ।

मुख्य सचिवको तलब १८ प्रतिशत वृद्धि हुँदा ६४ हजार ४ सय १४ पुगेको छ । संसद् सचिवालयका अनुसार संघीय सांसदको पारिश्रमिक पनि १८ प्रतिशतले वृद्धि हुँदा ६५ हजार १ सय ७२ रुपैयाँ पुग्नेछ । सांसदको तलब प्रतिमहिना ९ हजार ९ सय ४१ रुपैयाँले वृद्धि हुनेछ ।

सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र संसदीय समितिका सभापतिको तलब पनि १८ प्रतिशत बढेको छ । सांसददेखि भीभीआईपीको तलब एकै पटक बढ्दा राज्यकोषमा ठूलो असर पुग्ने अर्थका जानकारले बताएको खबर नरेन्द्र साउदको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर