newskoseli.Com

२५ तोलासम्म सुनका गहना ल्याउन पाइने

विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनका गहनाको परिणाम सरकारले बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने भएको छ ।

आर्थिक विधेयक २०७६ ले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार २ सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप १ सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार २ सय रुपैयाँ लाग्छ । बाँकी १ सय ग्रामको ९ हजार रुपैयाँ लाग्ने खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर