
बन्दुक समाई बसेको छ सरकारले
नाकमै बारुद घसेको छ सरकारले ।
लुटेरा पुँजीवादलाई बोकेर काँधमा
गरिब वर्गलाई डसेको छ सरकारले ।
भ्रष्टाचारविरुद्ध पनि बोल्नै नहुने
समातेर पाता कसेको छ सरकारले ।
नदी बेच्नेहरू नै फेरि कुर्सीमा पुग्दा
देशैमाथि छुरा धसेको छ सरकारले ।