newskoseli.Com

लौ यति छ है पशुपतिनाथको सम्पत्ति…

पशुपतिनाथ मन्दिरमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सम्ममा सो परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो । त्यसैगरी, ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको पाइएको छानविन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए ।

समितिका अनुसार सो विवरण विक्रम संबत् २०१९ देखि २०७५ सम्मको हो । विक्रम संबत् २०१९ भन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको जानकारी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका थापाले दिए । पशुपतिनाथ मन्दिरमा हालसम्म १ अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ ।

छानबिन समितिका अनुसार त्यसमध्ये एक अर्बको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । हाल मन्दिरको दर्ता प्रमाणित भएका ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा जग्गा पनि पशुपतिको सम्पत्तिका रुपमा रहेको जानकारी समितिका संयोजक थापाले दिए ।

दर्ता प्रमाणित हुन बाँकी रहेका जग्गा २ सय ३१ रोपनी १० आना १ दाम जग्गा पनि पशुपतिनाथ मन्दिरको सम्पत्तिका रुपमा रहेको पनि सो छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर