newskoseli.Com

‘ठूला’ करदाताले अझै तिरेनन्, २१ करोडभन्दा बढी कर बक्यौता

ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पेसा–व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ‘ठूला’ करदाताले अझै कर बुझाएका छैनन् ।

महानगरपालिकाका अनुसार ‘ठूला’ करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । महानगरपालिकालाई २० लाखदेखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्टल स्टोर, सरकारी कार्यालय, विभिन्न संघ–संस्था आदि छन् ।

पुल्चोकस्थित महानगरपालिकाको कार्यालय नजिकै रहेको ‘लबिम मल’ ले करिव पाँच करोड कर तिर्न बाँकी छ । ‘लबिम मल’ पाटन संयुक्त क्याम्पसको जग्गा भाडामा लिएर सञ्चालनमा आएको खबर शान्ति तामाङको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर