newskoseli.Com

बजेटको बहानामा मनपरी मूल्यवृद्धि, उपभोक्ता ठग्दै व्यवसायीहरू

संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् ।

विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।

बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि नै दैनिक उपभोग्य वस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्यवृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर